तपाईंको भाषामा समाचार | Nepali

आफ्नो हरियो बिन बारे थप जान्नुहोस्

हरियो बिन प्रवर्तनको वितरण चरण अब पूरा भयो! हामीले विगत केही महिनाहरूमा ४२,००० भन्दा बढी बिनहरू वितरण गरेका छौं। ह्युम सिटीका प्रत्येक घरमा अब खानेकुरा र बगैँचाको फोहोर फाल्ने बिन हुनुपर्छ।

हरियो बिनको उद्देश्य ल्यान्डफिलबाट खानेकुरा र बगैँचाको फोहोर हटाउन मद्दत गर्नु हो।

तौल अनुसार, खानेकुराको फोहोरले रातो बिन आधा भरिन्छ।

ल्यान्डफिल क्षेत्रहरूमा, जैविक पदार्थहरू बिग्रन्छन् र मिथेन जस्ता हानिकारक हरितगृह ग्यासहरू उत्सर्जन हुन्छन् जसले जलवायु परिवर्तनमा योगदान पुर्‍याउँछ।

यद्यपि, हरियो बिनमा भएका सबै चीजहरूलाई कम्पोस्टको रूपमा पुन: प्रयोग गर्न स्थानीय सुविधागृहमा लगिन्छ!

तपाईंले हरियो बिनमा निम्न कुनै पनि प्रकारका खानेकुरा फाल्न सक्नुहुन्छ:

  • मासु र हड्डीहरू
  • पनीरहरू
  • अन्डाका बोक्राहरू
  • मिठाई वा ललीहरू
  • प्रशोधित खानाहरू

तपाईंले कुनै पनि प्याकेजिङ भएमा हटाएको निश्चित गर्नुहोस्।

प्याकेजिङलाई रातो बिनमा फाल्नुहोस्।

तपाईंले आफ्नो हरियो बिनमा प्लास्टिक (बिन लाइनरहरू सहित), डुबाउने चियापत्ति, घरपालुवा जनावरको दिसा, बिरालोको दिसा, ढुङ्गा, माटो वा काठ जस्ता चीजहरू फाल्न सक्नुहुन्न।

थप जानकारीको लागि, hume.vic.gov.au/green-bin मा जानुहोस्

निर्वाचनहरू/वार्डमा हुने परिवर्तनहरू

भिक्टोरियाली काउन्सिलको चुनाव शनिबार <1>२६ अक्टोबर २०२४ मा हुनेछ।

यो तपाईंलाई ह्युम सिटीको प्रतिनिधित्व गर्ने व्यक्ति छान्नको लागि भोट दिने मौका हो।

ह्युम सिटी काउन्सिल ११ वटा वार्डमा परिवर्तन हुनेछ, प्रत्येकमा एक जना काउन्सिलरले प्रतिनिधित्व गर्नेछन्।

११ वटा वार्डहरूमा परिर्वतन गर्ने निर्णय फेब्रुअरी २०२४ मा भिक्टोरियाली स्थानीय सरकारको मन्त्रीद्वारा गरिएको थियो।

यसको उद्देश्य स्थानीय प्रतिनिधित्वमा सुधार गर्नु र ह्युमको प्रत्येक क्षेत्र राम्रोसँग प्रतिनिधित्व भएको सुनिश्चित गर्नु हो।

चुनाव नजिकिंदै गर्दा, काउन्सिलहरूले उनीहरूले चुनावी मतदानलाई असर गर्न सक्ने कुनै पनि सूचना प्रकाशित वा फैलिन नदिने सुनिश्चित गर्नुपर्छ।

दिउँसो १२ बजे मङ्गलबार १७ सेप्टेम्बर देखि बेलुका ६ बजे शनिबार २६ अक्टोबर सम्म, हामी केवल आवश्यक समाचारहरू मात्र सञ्चार गर्नेछौँ।

मतदान गर्न अनिवार्य छ।

तपाईंले नाम दर्ता र मतदान गर्नुपर्छ यदि तपाईं:

  • १८ वर्ष वा सो भन्दा बढी उमेरको हुनुहुन्छ
  • अष्ट्रेलियाली नागरिक हुनुहुन्छ
  • तपाईंको ठेगानामा एक महिना भन्दा बढी समयसम्म बस्नुभएकोछ।

मतदान गर्नको लागि नामदर्ता गर्न, वा आफ्नो नामदर्ता जाँच गर्न वा अद्यावधिक गर्न www.vec.vic.gov.au/enrolment.

निर्वाचन हुलाक मतपत्र मार्फत हुनेछ।

मतपत्र तपाईंको नामदर्ता गरिएको ठेगानामा पठाइनेछ।

तपाईंले आफ्नो मतपत्र  मङ्गलबार ८ अक्टोबर देखि बिहीबार १० अक्टोबर सम्म प्राप्त गर्नुहुनेछ।

अक्टोबर २५ शुक्रबार साँझ ६ बजे भित्र आफ्नो मतपत्र पूरा गरी हुलाक मार्फत पठाउनुहोस्।

तपाईंको समसामयिक सुझावहरू, फोटोहरू र कथाहरू हामीसँग साझेदारी गर्नुहोस्!

ह्युम हाइलाइटको हाम्रो अर्को संस्करणको लागि, हामी समुदायका कुराहरू सुन्न चाहन्छौं!

ह्युम हाइलाइटको हाम्रो अर्को वसन्तको संस्करणमा देखिने मौका पाउनको लागि आफ्नो समसामयिक सुझावहरू, फोटोहरू, रेसिपीहरू वा हाइलाइटहरू शेयर गर्नुहोस्।

तपाईंको समसामयिक सुझावहरू, फोटोहरू र कथाहरू हामीसँग साझेदारी गर्नुहोस्!

Bookable (बुक गर्न मिल्ने)

अब तपाईंले सजिलैसँग काउन्सिलका सुविधाहरू र स्थलहरू अनलाइन बुक गर्न सक्नुहुन्छ।

हाम्रो नयाँ प्लेटफर्म Bookable ले तपाईंलाई काउन्सिलका सुविधाहरूको खोजि गर्न, हेर्न र बुक गर्न अनुमति दिन्छ।

सुविधाहरूमा सामुदायिक केन्द्रहरू, सभा भवनहरू, ज्येष्ठ नागरिक केन्द्रहरू, युवा केन्द्रहरू सामुदायिक सवारी साधनहरू र थप कुराहरू समावेश छन्।

ह्युम सिटी भरि हरेक प्रकारको कार्यक्रम गर्न सुहाउँदो स्थलहरू छन् - जन्मदिन मनाउने भोजहरू, विवाह समारोहहरू, कार्यस्थल कार्यक्रमहरू र अन्य।

तपाईंले एक पटक वा दोहोऱ्याएर बुकिङ गर्न सक्नुहुन्छ र तपाईंको खाताबाट तपाईंको बुकिङ र भुक्तानीहरू अनलाइन व्यवस्थापन गर्न सक्नुहुन्छ।

Bookable को खाता खोजी गर्न र दर्ता गर्न hume.bookable.net.au मा जानुहोस् वा Bookable प्रयोग गर्नेबारे थप जान्न hume.vic.gov.au/bookings-how-to मा जानुहोस्।