नेपाली | Green bin roll-out Nepali

ह्युम (Hume) का हरेक घरपरिवारले अब चाँडै एउटा हरियो बिन पाउने छन्।

यो बिनको उज्यालो हरियो ढक्कन हुन्छ र यसको प्रयोग खानेकुरा का बोक्राहरू र बगैंचा गोडमेल गर्दा निस्कने फोहोरहरू पुन: प्रयोग गर्न गरिन्छ।

खानेकुरा का बोक्राहरू र बगैंचा गोडमेल गर्दा निस्कने फोहोरहरू लाई कम्पोष्टमलको रुप मा पुन: प्रयोग गर्दा जलवायु परिवर्तनलाई रोक्न र ल्यान्डफिल लागतहरू कम गर्न मद्दत गर्दछ।

२०३० सम्ममा काउन्सिलहरूले सबै घरपरिवारलाई हरियो बिन उपलब्ध गराउने भिक्टोरिया सरकारको नीति पनि हो।

तपाईंको फोहोर फाल्ने डिब्बा सङ्कलन गर्ने दिन र सङ्कलन तालिकामा परिवर्तन भएको छैन। 

फोहोर फल्ने बिनहरू (रातो ढक्कनवाला) लाई साप्ताहिक रूपमा नै खाली गरिनेछ।

रिसाइकल बिनहरू (पहेंलो ढक्कनवाला) लाई प्रत्येक दुई हप्तामा नै खाली गरिनेछ।

म सँग हरियो बिन छैन

यदि तपाईंसँग हरियो फोहोर फाल्ने डिब्बा छैन भने अप्रिल र जुन बीचको समयमा पुऱ्याइनेछ।

तपाईंले आफ्नो खानेकुरा का बोक्राहरू बिन सम्म लैजान मद्दत गर्नको लागि एउटा भान्सामा राखिने बिन (क्याडी) पनि प्राप्त गर्नुहुनेछ।

तपाईंले जुलाईदेखि आफ्नो नयाँ हरियो फोहोर फाल्ने डिब्बा प्रयोग गर्न सुरू गर्न सक्नुहुन्छ।

हरियो बिनहरु प्रत्येक दोस्रो हप्ता खाली गरिन्छ, रिसाइक्लिंग संग आलो पालो गर्दै।

तपाईंको ठेगाना खोज्न र तपाईंको बिन कहिले वितरण हुदैछ भनेर पत्ता लगाउन यो उपकरण प्रयोग गर्नुहोस्: hume.vic.gov.au/bin-day

यसले तपाईलाई जुलाईको कुन मिति बाट बिन खाली गर्न बाहिर छोड्न सुरु गर्ने भनेर पनि बताउनेछ।

हरियो बिनको लागत जुलाई/अगस्टमा तपाईंको तिरो तिर्ने सूचना (रेट नोटिस) मा कर्बसाइड फोहोर को शुल्कमा समावेश गरिनेछ।

सटीक शुल्क काउन्सिलको बजेट प्रक्रिया मार्फत निर्णय गरिनेछ।

मङ्गलबार २८ मे २०२४ मा मस्यौदा बजेट प्रकाशित हुँदा हामी वेबसाइट अपडेट गर्नेछौं।

वितरण तालिका:

अप्रिल/मे: क्रेगिबर्न, कलकल्लो

मे: एटवुड, क्याम्पबेलफिल्ड, कूलरू, डलास, फकनर, ग्रीनवेल, रोक्सबर्ग पार्क, वेस्टमीडोज

मे/जून: ब्रोडमीडोज, डिगर्स रेस्ट, मीडो हाइट्स, युरोक

जून: बुल्ला, क्लार्कफिल्ड, ग्लाडस्टोन पार्क, जाकाना, केइलर, सनबरी, तुल्लामारिन, वाइल्डवुड

म सँग हरियो बिन छ

यदि तपाईंसँग पहिले नै हरियो फोहोर फाल्ने डिब्बा थियो भने, तपाईं यसलाई सामान्य रूपमा प्रयोग गर्न जारी राख्न सक्नुहुन्छ।

यसमा पुरानो खाद्य र बगैंचाका बिनहरु समावेश हुन्छन् जसमा फरक रङका ढक्कन हुन्छन (सामान्यतया गाढा हरियो वा गाढा रातो)।

१ जुलाई २०२४ देखि, हरियो बिन को लागत अब तपाइँको तिरो तिर्ने सूचना (रेट नोटिस) मा एक अलग शुल्क हुनेछैन।

यो जुलाई/अगस्टमा तपाईंको तिरो तिर्ने सूचना (रेट नोटिस) कर्बसाइड फोहोरको शुल्कमा समावेश हुनेछ।

सटीक शुल्क काउन्सिलको बजेट प्रक्रिया मार्फत निर्णय गरिनेछ।

मङ्गलबार २८ मे २०२४ मा मस्यौदा बजेट प्रकाशित हुँदा हामी वेबसाइट अपडेट गर्नेछौं।